अदालत र प्रहरी टोलीमाथि अवरोध गरेको आरोपमा सर्लाहीका वडाध्यक्ष पक्राउ
प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०८३ | १९:०६:०८
चितवन, ०२ असार । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई अदालतको फैसला कार्यान्वयनका क्रममा पुगेको अदालत तथा प्रहरी टोलीमाथि अवरोध र आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनासम्बन्धी उजुरीका आधारमा सोमबार साँझ गुप्तालाई नियन्त्रणमा लिइएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०२, २०८३ |
१९:०६:०८
111
























