हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन
प्रकाशित मिति: आइतबार, आषाढ ०७, २०८३ | ११:३७:३८
चितवन, ०७ असार । प्रख्यात हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचाररत रहेका शर्माको आज बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्।
पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत थिए। टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत लोकप्रियता हासिल गरेका उनी नेपाली हास्य क्षेत्रमा परिचित नामका रूपमा स्थापित भएका थिए।
शर्माले विभिन्न टेलिफिल्म तथा नेपाली चलचित्रहरूमा अभिनय गर्दै दर्शकमाझ विशेष छाप छाडेका थिए। उनको निधनले नेपाली मनोरञ्जन क्षेत्रलाई ठूलो क्षति पुगेको छ।
प्रकाशित मिति : आइतबार, आषाढ ०७, २०८३ |
११:३७:३८
45






















