हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति: आइतबार, आषाढ ०७, २०८३ | १५:५१:३७
चितवन, ०७ असार । हुम्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो।
केन्द्रले हुम्लाको श्रीनगर आसपासलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।
यसअघि जेठ २९ गते संखुवासभा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित मिति : आइतबार, आषाढ ०७, २०८३ |
१५:५१:३७
243

























