नेपालमा सार्वजनिक भयो पोको एम८ सिरिज, दुई नयाँ ५जी स्मार्टफोन बजारमा
प्रकाशित मिति: सोमबार, आषाढ २२, २०८३ | १७:४७:५१
चितवन, २२ आषाढ । POCOका लागि नेपालको आधिकारिक वितरक Teletalk Pvt. Ltd.ले नेपाली बजारमा ‘POCO M8’ सिरिजअन्तर्गत दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक गरेको छ।
कम्पनीले ‘POCO M8s 5G’ र ‘POCO M8 Pro 5G’ एकैसाथ बजारमा ल्याएको हो।
POCO M8s 5G मा ७,०००mAh क्षमताको ब्याट्री, ३३W टर्बो चार्जिङ, ५० मेगापिक्सेल मुख्य क्यामेरा, ६.९ इन्च फुल एचडी+ डिस्प्ले तथा स्न्यापड्रागन 6s Gen 3 प्रोसेसर रहेको छ।
यस्तै, POCO M8 Pro 5G मा ६.८३ इन्चको AMOLED डिस्प्ले, १२०Hz रिफ्रेस रेट, ५० मेगापिक्सेल ट्रिपल क्यामेरा सेटअप, ६,५००mAh ब्याट्री, १००W हाइपरचार्ज तथा स्न्यापड्रागन 7s Gen 4 प्रोसेसर समावेश गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ २२, २०८३ |
१७:४७:५१
67



























