एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज
प्रकाशित मिति: बिहिबार, आषाढ २५, २०८३ | १२:०२:५२
चितवन, २५ आषाढ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन कार्यदलको बैठक आज बस्दैछ।
पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा हुनेछ।
उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले राजधानी विशेषसहित सबै आठ प्रदेश, जनसंगठन, विभाग, प्रवास कमिटी तथा सल्लाहकारहरूबाट प्राप्त सुझावमाथि छलफल गर्दै प्रतिवेदन तयार पार्ने विषयमा बैठकमा निर्णय गर्नेछ।
गत असार १० गते बसेको एमाले सचिवालय बैठकले पार्टी पुनर्गठनका सम्बन्धमा कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : बिहिबार, आषाढ २५, २०८३ |
१२:०२:५२
331

























