काठमाडौं उपत्यकासहित चार जिल्लाका नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति: शनिबार, आषाढ २७, २०८३ | १८:२३:२६
चितवन, २७ आषाढ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले यी जिल्लाका विभिन्न नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको जानकारी दिएपछि प्राधिकरणले सचेत रहन अनुरोध गरेको हो।
विभागका अनुसार आज दिउँसो र राति देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाएको छ।
प्रकाशित मिति : शनिबार, आषाढ २७, २०८३ |
१८:२३:२६
243

























