काठमाडौंको बुद्धनगरमा शरीरमा आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु
प्रकाशित मिति: शनिबार, आषाढ २७, २०८३ | १८:४५:०४
चितवन, २७ आषाढ । काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार बिहान राउतले आफ्नै घरको भान्सामा गएर शरीरमा पेट्रोल छर्किएपछि आगो लगाएका थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो।
वीर अस्पतालमा उपचार भइरहेका राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : शनिबार, आषाढ २७, २०८३ |
१८:४५:०४
155

























