अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन
प्रकाशित मिति: बिहिबार, साउन ०७, २०८३ | १४:४३:१५
चितवन, ०७ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग, लाजिम्पाटको स्थलगत अनुगमन गर्दै नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन र राजस्व संकलनको तयारीबारे जानकारी लिएका छन्।
विभागको भ्रमणका क्रममा उनले बजेटमा निर्धारण गरिएको राजस्व लक्ष्य हासिल गर्न विभागले गरेका तयारी र कार्ययोजनाबारे ब्रिफिङ लिएका थिए।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग तथा मातहतका देशभरका कर्मचारीलाई प्रभावकारी रूपमा राजस्व संकलनको लक्ष्य पूरा गर्न आवश्यक निर्देशन दिएका थिए।
सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य तथा त्यसको कार्यान्वयनका लागि गरिएको तयारीबारे प्रस्तुतीकरण गरेका थिए।
प्रकाशित मिति : बिहिबार, साउन ०७, २०८३ |
१४:४३:१५
287


















