झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
प्रकाशित मिति: शुक्रबार, साउन ०८, २०८३ | १२:४८:५९
चितवन, ०८ साउन । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी जवान सुदिम खत्रीको करेन्ट लागेर मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय खत्री बिहीबार साँझ गणभित्र आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका अनुसार मृतक खत्रीले सीटीईभीटीबाट प्राविधिक तालिम प्राप्त गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन ०८, २०८३ |
१२:४८:५९
397



















