नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सेवाका सवारी मात्रै सञ्चालन हुने
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ | १३:५९:१४
चितवन, ११ साउन । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
सुरुवाती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ।
करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षासम्बन्धी व्यवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरिनेछ। त्यसपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइने जनाइएको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
प्रकाशित मिति : सोमबार, साउन ११, २०८३ |
१३:५९:१४
287






















