कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २४ साउनमा, राष्ट्रिय भेला र महाधिवेशन एजेन्डामा
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ | १६:४१:५८
चितवन, १७ साउन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक २४ साउनका लागि आह्वान गरेको छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकमा कांग्रेसको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेला तथा आगामी महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : आइतबार, साउन १७, २०८३ |
१६:४१:५८
155


















