एमाले नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ | १९:१४:२४
चितवन, १९ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना भएका छन्।
एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ।
प्रदेश सरकार गठन र मुख्यमन्त्री चयनबारे छलफल चलिरहेका बेला थपलिया अचानक अस्वस्थ भई बेहोस भएका थिए। प्रारम्भिक उपचारपछि घर फर्किए पनि स्वास्थ्यमा पुनः समस्या देखिएपछि मंगलबार वीर अस्पतालमा भर्ना गरिएको प्रमुख सचेतक श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, साउन १९, २०८३ |
१९:१४:२४
353



















