पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : सभामुख अर्याल
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ | १३:३०:५४
चितवन, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र पर्यटनको विकासका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले पर्यटन क्षेत्रका नीतिगत तथा संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक संस्थाले पर्यटन उद्योगको विकासमा योगदान गर्नुपर्ने धारणा राखे।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विकासमा इमानदारीपूर्वक काम गर्नुपर्नेमा पनि सभामुख अर्यालले जोड दिए।
प्रकाशित मिति : शुक्रबार, साउन २९, २०८३ |
१३:३०:५४
111

























