सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ | १६:४७:५८
चितवन, २९ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख मियाँले भट्टलाइ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका छन् ।
सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि उनी पाँचौँ मुख्यमन्त्री बनेका हुन्।
प्रकाशित मिति : शुक्रबार, साउन २९, २०८३ |
१६:४७:५८
265

























