चुनदेवीमा देउवाको नेमप्लेट आफूले राखेको कान्छाराम तामाङको दाबी
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ | १६:५३:४२
चितवन, २९ साउन । नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले काठमाडौंको चुनदेवीस्थित पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाको नेमप्लेट आफूले राखेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी कार्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि कसैलाई नसोधी देउवालाई सभापति उल्लेख गरिएको बोर्ड राखेको दाबी गरे।
कांग्रेसभित्रको विवादबारे सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिइसकेको भन्दै आफूले देउवाको नेमप्लेट राखेको तामाङले बताएका छन्।
प्रकाशित मिति : शुक्रबार, साउन २९, २०८३ |
१६:५३:४२
133

























