चितवनमा गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानियद्धारा अवरोध,प्रहरीद्वारा एक राउण्ड हवाई फायर(भिडियो सहित )
चितवन , २६ बैशाख
चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ चौकी डाडाँमा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । राप्ती नगरपालिका वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउदै गर्दा स्थानियले अवरोध गरेपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
यता स्थानियले भने प्रहरीको नै मिलेमतोमा गाँजा तस्कर भइरहेको खबर आएपछि अवरोध गरेको बताएका छन् । प्रहरीले सहि उदेश्यले पक्राउ गरेर ल्याएको गाँजा भएको भए प्रहरीको गाडीमा नल्याई अर्को गाडीमा किन ल्याएको भन्दै विरोध गरेका थिए । स्थानिय अवरोध गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरीले आफ्नो गाडी प्रयोग नगरि रत्ननगर नगरपालिकाले लकडाउनको समयमा इलाका प्रहरी कार्यालय टाँडीलाई चलाउन दिएको बा १२ च २७१ नम्बरको गाडीमा गाँजा ल्याएको थियो ।
स्थानियले अवरोध गर्ने क्रममा प्रहरीले प्रयोग गरेको गाडी र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले राप्ती नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २४ को रन्जित वाइवा , सोहि स्थानको बर्ष २० को सुमन वाइवा , बर्ष २२ को संचरास घलान र बर्ष ३५ को धन बहादुर घलानलाई नियन्त्रणमा लिएको छ । झडपको क्रममा तिनजना प्रहरी समेत घाइते भएका छन् ।
भिडियो


















