चितवनकी महिला र बुटवल युवाले जिते कोरोनालाई, निको हुनेको संख्या ३५ पुग्यो
काठमाडौ ,३१ वैशाख ।
पछिल्लो समय कोरोना भाइसर (कोभिड १९) का संक्रमितको संख्या बढीरहेका बेला थप दुई जना निको भएर घर फर्केका छन्। बुटवलमा उपचारका क्रममा रहेका २५ वर्षीय पुरुष ११ औँ दिनमा चितवनमा ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म २१९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । प्रदेश अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।
आज कपिलवस्तुका २२ वर्षीय पुरुष र बाँके जिल्लाका ३६ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ । यता, बुटवलमा उपचारका क्रममा रहेका २५ वर्षीय पुरुष ११ औँ दिनमा चितवनमा ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ ।
हालसम्म पीसीआर विधिबाट २१ हजार ३४० जनाको तथा ६० हजार ३१९ जनाको आरडीटी परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३५७ पीसीआर परीक्षण र ६९२ वटा आरडीटी परीक्षण गरिएका छन् ।
क्वारेन्टाइनमा १४ हजार ३१३ जना रहेका छन् भने आइसोलेन २४५ जना रहेका छन् ।



















