बाँकेमा ८ र मकवानपुरमा १ जना थपिए कोरोना संक्रमित, कुल संख्या २५८
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ | ११:०१:४३
काठमाडौं,२ जेठ
शुक्रबार बिहान नेपालमा नौजना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना पुष्टि भएकाको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको जानकारी दिएको हो ।
बाँकेको नरैनापुर गाउँपालिक– १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् ।
मकवानपुरका ३७ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा संक्रमण पुष्टि भएके हो ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०७७ |
११:०१:४३
3587


















