उदयपुर नेकपाका अध्यक्ष कटुवाल आइसोलेसन भर्ना
प्रकाशित मिति: आइतबार, जेठ ०४, २०७७ | १६:०९:३०
काठमाडौं,४ जेठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।
सँगै, सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोभिड–१९ को संक्रमण देखिए पछि अध्यक्ष कटुवाल ओइसोलेसनमा भर्ना भएका हुन् । उनी कटारी अस्पतालमा आफैं भर्ना भएका हुन् ।
अध्यक्ष कटुवालसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई भने संक्रमण पुष्टि भएको छ । ती सञ्चारकर्मीको कोशी कोभिड–१९ अस्पताल विराटनगरमा उपचारत छन् । महामारीको संक्रमण बढी देखिने जिल्लामा उदयपुर पर्छ ।
प्रकाशित मिति : आइतबार, जेठ ०४, २०७७ |
१६:०९:३०
4181


















