बाँकेमा थप ४७ मा देखियो कोरोना,नेपालमा संक्रमित ३५१ पुगे
प्रकाशित मिति: सोमबार, जेठ ०५, २०७७ | १६:०५:२४
काठमाडौँ, ५ जेठ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५१ पुगेको छ । सोमबार बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै कुल संक्रमितको ३५१ पुगेको हो । नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको छ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।नेपालमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने ३५ जना निको भएका छन् ।
थप विवरण केहीबेरमा
प्रकाशित मिति : सोमबार, जेठ ०५, २०७७ |
१६:०५:२४
3961


















