गुल्मीका संक्रमितको मृत्यु भएको छैन- क्रिमसन अस्पताल
प्रकाशित मिति: बुधबार, जेठ ०७, २०७७ | १४:३४:२२
रूपन्देही, ७ जेठ ।
कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित बिरामीको मृत्यु भएको भन्ने समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो । विज्ञप्तिमा भनिएको छ(‘विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं ।’
रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।
w we2
प्रकाशित मिति : बुधबार, जेठ ०७, २०७७ |
१४:३४:२२
4071



















