नारायणी अस्पतालबाट कोरोना निको भएर नौं जना डिस्चार्ज
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७ | १६:४४:०४
काठमाडौं, १० जेठ ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचार नौं जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभआएसँगै डिस्चार्जको तयारी गरिएको छ ।
शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए ।
उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् ।
प्रकाशित मिति : शनिबार, जेठ १०, २०७७ |
१६:४४:०४
3939



















