सप्तरीमा गोली चल्यो , एकजना घाइते
प्रकाशित मिति: आइतबार, आश्विन ०५, २०७६ | २२:४४:०९
सप्तरी , ५ असोज
सप्तरीमा अज्ञात समूहले गोली चलाउदा एकजना घाइते भएका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरेको हो ।
मण्डलको पाखुरामा गोली लागेको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । घाइते मण्डललाई उपचारको लागि धरानतर्फ रेफर गरि पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन ०५, २०७६ |
२२:४४:०९
6095

























