एलजीको रोड सो चितवनको खोलेसिमलमा
चितवन , १० माघ।
चितवनको खोलेसिमलमा एलजी ब्रान्डको सामानहरुको रोड सो गरिएको छ । सिजी कम्पनीले उत्पादन गरेको एलजी ब्रान्डको टि भी ,वासिङ्ग मेसिन , प्रिज , साउन्ड सिस्टम , एसी लगायतको सामाग्री उत्पादन गर्दै आएको छ । देश व्यापी रुपमा सरु गरिएको रोड सो दमौलीबाट सुरु भएर पोखरा , महेन्द्रनगर , धनगढी , कोहलपुर , नेपालगंज , दाङ , बुटवल , कावासोती हुदै चितवनको खोलेसिमलमा आइपुगेकोे कम्पनीको बजार तथा कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए ।
एलजिको आधिकारिक बिक्रेता दिनेश इलेक्ट्रोनिक्सको अगाडी भएको रोड सोमा बिशेषगरि वासिङ्ग मेसिनलाई प्राथमिकता दिएको र सोमा डेमो समेत गरिएको छ । ग्राहकहरुलाई सामान खरिद मात्रै नभइ प्रयोग र सामानको बिशेषताको बारेमा जानकारी नहुदाँ समस्या हुने गरेकोले ग्राहकहरुलाई प्रत्येक्ष सामानको प्रयोग गराएर त्यसको जानकारी दिइएको चौधरीले बताए । पहिलो चरणको एकमहिने कार्यक्रमको शुक्रबार नारायणगढमा समापन गरिने र त्यसपछि पुर्व काकडभिट्टासम्म दास्रो चरणमा कार्यक्रम गरिने कम्पनीले जनाएको छ ।



















