प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गर्यो
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६ | १६:४३:५८
काठमाडौं,२१ माघ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेसनको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले आइतबारबाट लागू हुने गरी सिजीको लाइसेन्स खारेज गरेको हो।
चौधरी समूहअन्तर्गतको कम्पनीलाई ७ जिल्लामा दिइएको लिमिटेड मोबिलिटी सर्भिस बेस्ड अन वायरलेस टेलिकम्युनिकेसन्स सेवाको अनुमतिपत्र कानुनअनुसार नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकाले स्वतस् रद्द भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सिजीलाई बागलुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका लागि लाइसेन्स दिएको थियो। २०६६ साल माघ १० गते सिजीलाई दिइएका यी लाइसेन्स १० वर्षपछि स्वतः खारेज भएका हुन्।
प्रकाशित मिति : मंगलबार, माघ २१, २०७६ |
१६:४३:५८
4709


















