गण्डकीमा असारमा ट्राफिक कारबाहीबाट रु १ करोड ६५ लाख राजस्व सङ्कलन
प्रकाशित मिति: मंगलबार, साउन ०५, २०८३ | १८:४९:२२
चितवन, ०५ साउन । गण्डकी प्रदेशमा गत असार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट रु १ करोड ६५ लाख १३ हजार राजस्व सङ्कलन भएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका ११ जिल्लामा गरिएको ट्राफिक चेकजाँचका क्रममा उक्त रकम जरिवानास्वरूप उठाइएको हो। सोही अवधिमा १९ वटा सवारी दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
प्रहरीले असार महिनाभर विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ। साथै, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ११६ जना प्रतिवादीलाई पक्राउ गरिएको छ।
पक्राउ परेका प्रतिवादीबाट २९ वर्ष ८ महिना १७ दिन बराबरको कैद सजाय कार्यान्वयनका साथै रु २ करोड ५९ लाख ८ हजार ६३८ बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, साउन ०५, २०८३ |
१८:४९:२२
133

























