‘प्रेमगीत ३’ को गीत ‘हात्ती ढुंगामा’सार्वजनिक
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६ | १७:१८:३६
काठमान्डौ २१ माघ।
फिल्म ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक भएको छ ।
मंगलवार ओएसआर मुभिजको यूट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो ।
गीतलाई सागर आले र मेलिना राईले गाएका छन् । कल्याण सिंहको संगीत रहेको गीत हर्क साउदले लेखेका हुन् ।
https://youtu.be/UaeScocRNsQ
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापालगायत फिचरिङ भएका छन् ।
प्रकाशित मिति : मंगलबार, माघ २१, २०७६ |
१७:१८:३६
4929
























