बप्पी लाहिरीले गाएको नेपाली गीत सार्वजनिक (भिडियो)
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ | १०:४७:५१
काठमाडौँ,२६ माघ।
चर्चित भारतीय गायक बप्पी लाहिरीको स्वरमा रहेको नेपाली गीत सार्वजनिक भएको छ । भारतीय गायक बप्पीले ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको नेपाली राष्ट्रिय गीत सार्वजनिक भएको हो ।
बप्पीले गाएको यो पहिलो नेपाली राष्ट्रिय गीत हो । प्रदीप काफ्लेको रचना रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन् । गीत आइतबार बाराही मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
प्रकाशित मिति : आइतबार, माघ २६, २०७६ |
१०:४७:५१
5369
























