एक्सनले भरिपूर्ण ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
प्रकाशित मिति: सोमबार, फाल्गुण १९, २०७६ | १७:५५:२६
एजेन्सी,१९ फागुन।
बलिउडका सुपरस्टार अक्षय कुमार अभिनित बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा अक्षयको एक्शनलाई स्थान दिइएको छ । ‘सिंघम’ र ‘सिम्बा’को कथावस्तुलाई जोडिएको यस फिल्ममा अजय देवगन र रनवीर सिंहलाई पनि देखाइएको छ । रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्म २४ मार्चमा प्रदर्शन हुँदैछ ।
फिल्ममा अक्षयलाई कटरिना कैफले साथ दिएकी छन् ।
हेरौं फिल्मको ट्रेलर ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १९, २०७६ |
१७:५५:२६
4621
























