ट्युनिसियास्थित अमेरिकी राजदूतावास अगाडि आत्मघाती बम बिस्फोट
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २३, २०७६ | १७:२६:५०
ट्युनिसिया, २३ फागुन
अफ्रिकी राष्ट्र ट्युनिसियास्थित अमेरिकी राजदूतावास अगाडि शुक्रबार आत्मघाती बम बिस्फोट भएको छ।
ट्युनिसियाका सरकारी संचारमाध्यमका अनुसार आत्मघाती बम बिस्फाट गराउने व्यक्ति आतंकवादी हुन्। त्यसबाहेक अन्य विवरण प्राप्त नभएको बताइएको छ।
Forte détonation/explosion au niveau du Lac 2 .. 🤔 #Tunis #Tunisie pic.twitter.com/fEwxFHyGXd
— The Godfather (@Al_Pacino_) March 6, 2020
काइरोस्थित वासिङटनपोस्टका संवाददाता सुदर्शन राघबनले ट्वीट गर्दै भनेका छन्,‘ट्युनिसियामा रहेको अमेरिकी राजदूतावास अगाडि ठूलो बम बिस्फोट भएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।’
अमेरिकी दूतावासले बम बिस्फोट भएको पुष्टि गरेको छ। एजेन्सी
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २३, २०७६ |
१७:२६:५०
6007





















