कोरोनाका कारण स्पेनका फुटबल प्रशिक्षकको मृत्यु
प्रकाशित मिति: मंगलबार, चैत्र ०४, २०७६ | ११:५९:५५
काठमाडौं,४ चैत्र ।
विश्वाव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएका उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरोनाको सक्रमणसँगै उनमा निमोनिया र क्यान्सरका लक्षणसमेत देखिएको बताइएको छ।
फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए। गार्सियाले सन् २०१६ देखि टिम म्यानेजरको भूमिका निर्वाह गरेका थिए।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी अहिलेसम्मकै कान्छो व्यक्ति भएको बताइन्छ। गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको हो।
कोरोना भाइरस संक्रमण रोकथामका लागि स्पेनले गत हप्ता आपतकालीन अवस्था घोषणा गरेको थियो।
प्रकाशित मिति : मंगलबार, चैत्र ०४, २०७६ |
११:५९:५५
5259



















