बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
प्रकाशित मिति: बुधबार, चैत्र ०५, २०७६ | ११:५४:२९
काठमाडौं,५ चैत्र ।
बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर बेलायतबाट फर्किएपछि आइसोलेसनमा बस्न गएकी छिन् । भारतिय मिडियाका अनुसार बेलायतबाट पतिसहित घर फर्किएकी उनले आफु आइसोलसनमा बसेको बताएकी छिन् । उनले विमानस्थलमा पनि स्वास्थ्य जाँच गरेको र परिवारसँगको भेटघाटपछि आफु आइसोलेसनमा बसेको बताएकी छिन् ।
यसअघि बलिउड अभिनेता दिलिपकुमार पनि आइसोलेसनमा बसिसकेका छन् । कोरोनाबाट बच्न सबैलाई सतर्क रहन आग्रह गर्दै सोनम र दिलिपकुमारले सेल्फ आइसोलेसनमा बसेका हुन् । कोरोनाकै कारण भारतमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ । भने एक सय भन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र ०५, २०७६ |
११:५४:२९
4379
























