‘कन्ट्री सिंगर’ केनी रोजर्सको निधन
प्रकाशित मिति: शनिबार, चैत्र ०८, २०७६ | १६:०३:२४
काठमान्डौ , ८ चैत्र
‘कन्ट्री म्युजिक’ का हस्ती गायक केनी रोजर्सको ८१ वर्षको उमेरमा निधन भएको छ।
उनले १९७० र ८० को दशकमा पप र कन्ट्री म्युजिकमा वाहवाही मच्चाएका थिए भने तीनवटा ग्रामी जितेका थिए।
सञ्चारमाध्यमहरुका अनुसार रोजर्सले प्राकृतिक रोगका कारण घरमै प्राण त्यागेका हुन्।
कोभिड १९ को अवस्थाका कारण सामान्य रुपमै उनको अन्त्येष्टि गरिने उनक प्रतिनिधिले जानकारी दिएका छन्।
प्रकाशित मिति : शनिबार, चैत्र ०८, २०७६ |
१६:०३:२४
4445
























