कोरोना भाइरसका कारण स्पेनकी राजकुमारीको निधन
प्रकाशित मिति: आइतबार, चैत्र १६, २०७६ | १०:५०:५७
काठमाडौं,१६ चैत्र ।
स्पेनमा कोरोना भाइरसबाट त्यहाँकी एक राजकुमरीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु फक्स न्यूज तथा डेलि मेल लगायतले यसको पुष्टि गरेका छन् । फक्स न्यूजका अनुसार ८६ वर्षीय मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । राजकुमारीका कुनै सन्तान छैनन् ।
उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार तथा प्रधानमन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीहरु अहिले आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र १६, २०७६ |
१०:५०:५७
4181
























