कञ्चनपुरमा हसिया प्रहार गरी छोराद्वारा बुवाको हत्या
प्रकाशित मिति: आइतबार, चैत्र ३०, २०७६ | १५:१६:२४
कञ्चनपुर,३० चैत्र ।
कञ्चनपुरमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए।
प्रारम्भिक जानकारी अनुसार घरायसी विवादमा छोराले बुवामाथि हसिया प्रहार गरेको उनले बताए। अहिले छोरा संगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र ३०, २०७६ |
१५:१६:२४
6799


















