बच्चाको झगडालाई लिएर कुटाकुट हुँदा आमाको मृत्यु
प्रकाशित मिति: मंगलबार, बैशाख १६, २०७७ | १२:४६:३७
सर्लाही,१६ वैशाख ।
सर्लाहीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट मृत्यु भएको हो । खातुनलाई कुटपिट गरेको आरोपमा सोही ठाउँ बस्ने ५ जनालाई प्रहरीले पक्राउ परेका छन् ।
बच्चाहरुबीच झगडा भएको विषयलाई लिएर सोही ठाउँ बस्ने ५२ वर्षीय खोधदी अन्सरीसहित सम्पूर्ण परिवारहरुले खातुनलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि थप उपचारका लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रकाशित मिति : मंगलबार, बैशाख १६, २०७७ |
१२:४६:३७
5171


















