अहिलेसम्म ७८ हजार नमुना परिक्षण,२२८ जना आइसोलेसनमा – स्वास्थ्य मन्त्रालय
काठमाडौँ,३० वैशाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मं देशभर कोरोना भाइरसको ७८ हजार ५ सय ९१ परीक्षण सम्पन्न भएको जनाएको छ ।
कोभिड-१९ को संक्रमण बढ्दै गएपछि हाल दैनिक रूपमा परीक्षणको दायरा तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।
आजसम्म देशैभर १८ हजार ९६४ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ। आरडीटी किट विधिबाट ५९ हजार ६२७ नमूना परीक्षण गरिएका छन्।
देशैभर १२ हजार ७८५ क्वारेन्टाइमा रहेका छन्। र, आइसोलेसनमा २२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
कोभिडको संक्रमण पुष्टि भइसकेका र सम्भावित व्यक्ति आइसोलेसनमा रहेका छन्।
मोबाइल एप र वेवपेजमार्फत् स्वास्थ्य सम्बन्धी फारम भरेका ३४५ जनालाई रेडजोनमा राखिएको छ।
आज एकैदिन नेपालमा ५७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



















