सय किलो चरेससहित २ जना पक्राउ
प्रकाशित मिति: बिहिबार, जेठ ०१, २०७७ | १२:१८:१०
धादिङ,१ जेठ ।
धादिङमा सय किलो चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बिरहखर्क बस्ने ३७ वर्षीय टेकबहादुर तामाङ र ३७ वर्षीय विशाल तामाङ रहेका छन् ।
गजुरी गाउँपालिका–५ दरिङल खोलाको पुलबाट उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा९७प ४९९९ र प्रदेश नं ३–०२–००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लागूऔषध फेला परेको हो ।
प्रकाशित मिति : बिहिबार, जेठ ०१, २०७७ |
१२:१८:१०
4621


















