नवलपरासीमा पनि देखियो कोरोना, संक्रमित संख्या २४६ पुग्यो
प्रकाशित मिति: बिहिबार, जेठ ०१, २०७७ | १२:४५:२०
काठमाडौं, १ जेठ ।
नवलपरासीमा एक ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा कोभिड – १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणअनुसार संक्रमित पुरुष नवलपरासीस्थित देवचुली नपा-१२ का रहेका छन् ।
संक्रमित मानिसको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४६ पुगेको छ । यीमध्ये ३५ जना निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, जेठ ०१, २०७७ |
१२:४५:२०
3917


















