कोरोना अपडेट: विश्वमा ३ लाख भन्दा धेरैको मृत्यु, यस्तो छ पछिल्लो अवस्था
काठमाडौं,२ जेठ
कोरोना भाइरसको संक्रमणका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३ हजार ५५५जनाको मृत्यु भईसकेको छ भने ४५ लाख ३९ हजार ४०१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ११ हजार २५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ५६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८६ हजार ९१२ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ५७ हजार ५९३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १८ हजार २७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार २४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ३२१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ६४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८६ हजार ४८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।



















