प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा हाल्ने पौडेल पक्राउ
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ | १५:४७:१८
काठमाडौं, २ जेठ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली र अन्य विशिष्ट व्यक्तिहरुको तस्बिर बिगारेर पोस्ट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका(१ बस्ने २२ वर्षीय मधु पौडेल र तोरणराज पौडेल रहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालका अनुसार उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौं पेश गर्दा अनुसन्धानका लागि ५ दिने म्याद थप भएको जानकारी दिए ।
उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेष फैल्याएको आरोप लगाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०७७ |
१५:४७:१८
4313



















