धुलिखेल अस्पतालमा कोरोनासँग मिल्दो लक्षण देखिएकी सुत्केरीको मृत्यु,अस्पताल सिल
प्रकाशित मिति: शनिबार, जेठ ०३, २०७७ | १४:३१:२८
काठमाडौं,३ जेठ
काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेकी एक ३० वर्षीय सुत्केरी महिला रहेकी छिन् । मृत्यु भएकी महिलामा कोरोनासँग मिल्दो लक्षण देखिएको जनाइएको छ ।
आठ दिन अघि शिक्षण अस्पताल काठमाडौंबाट सुत्केरी भई घर फर्केकी ती महिलामा स्वास्थ्यमा समस्या आएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएकी महिलामा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो ।
उनको उक्त अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु भएकी महिलाको स्वाब परीक्षण शुरु गरिएको बताइएको छ । महिलाको मृत्यु भएपछि अहिले अस्पताल सिल गरिएको जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, जेठ ०३, २०७७ |
१४:३१:२८
3301


















