कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका सबैको रिपोर्ट नेगटिभ
प्रकाशित मिति: सोमबार, जेठ ०५, २०७७ | १२:०७:५३
काभ्रे,५ जेठ ।
धुलिखेल अस्पतालमा बिहिवार मृत्यु भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमित महिलाको १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा परिवारका सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । हाल आइसोलेसनमा रहेको पुरै परिवार कोरोना संक्रमण मुक्त भएको पुष्टिसंगै परिवारलाई दुःखका बिच केहि राहत भएको छ ।
सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका– ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।
प्रकाशित मिति : सोमबार, जेठ ०५, २०७७ |
१२:०७:५३
3609


















