विश्व कोरोना अपडेट : ३ लाख २० हजार बढिले ज्यान गुमाए ,संक्रमितको संख्या ४८ लाख ९४ हजार नाघ्यो
प्रकाशित मिति: मंगलबार, जेठ ०६, २०७७ | १२:३४:१२
काठमाडौं,६ जेठ ।
कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २० हजार १८९ जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ९४ हजार २७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ८ हजार ७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ७६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९१ हजार ९८१ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ५० हजार २९४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ५६ हजार ३८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ८६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ७०९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७८ हजार १८८ जनालाई संक्रमण भएको छ ।
प्रकाशित मिति : मंगलबार, जेठ ०६, २०७७ |
१२:३४:१२
4313


















