विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ लाख ३ हजार नाघ्यो, हालसम्म ३ लाख २९ हजार भन्दा बढिको मृत्यु
प्रकाशित मिति: बिहिबार, जेठ ०८, २०७७ | १५:४१:०२
काठमाडौं,८ जेठ
विश्वभरमा कोरोना संक्रमित हुने संख्या ५१लाखभन्दा बढी पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले हालसम्म अद्यावधिक गरेको तथ्यांकअनुसार विश्वभरम कोरोना संक्रमितको संख्या ५१ लाख ३ हजार ३ सय ५०पुगेको छ। यो नेपाली समयअनुसार बिहीबार दिउँसो २ बजेर ३७ मिनेट जाँदासम्मको तथ्याकं हो।
विश्ववर कोरोना संक्रमित भएकामध्ये २० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन्। हालसम्म २० लाख ३४ हजार २२६ जना निको भएको विश्वविद्यालयको तथ्यांक छ। यसैगरी हालसम्म ३ लाख २९ हजार ९ सय २५ जनाको मृत्यु पनि भएको छ।

प्रकाशित मिति : बिहिबार, जेठ ०८, २०७७ |
१५:४१:०२
5303



















