कोरोनाबाट थप ४ जना मुक्त, डिस्चार्ज हुनेको संख्या ४९ पुग्यो
प्रकाशित मिति: बिहिबार, जेठ ०८, २०७७ | १५:४८:५४
काठमाडौं,८ जेठ
कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन्।
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।
उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। उनीहरुको पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो।
यो सँगै नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ।
प्रकाशित मिति : बिहिबार, जेठ ०८, २०७७ |
१५:४८:५४
4115



















