विश्वभर साढे २० लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भए
प्रकाशित मिति: शुक्रबार, जेठ ०९, २०७७ | ११:३८:३१
काठमाडौं, ९ जेठ ।
कोरोना भाइरसका कारण संक्रमित बनेका विश्वभरका २० लाख ७८ हजार मानिस निको भएका छन् । सङ्क्रमित धेरै भएको अमेरिकामा निको हुनेहरु पनि सबैभन्दा धेरै ३ लाख ८२ हजार छन् । अमेरिकामा १६ लाख १९ हजार सङ्क्रमित छन् ।
रुसका ३ लाख १७ हजार सङ्क्रमित मध्ये ९२ हजार निको भएर घर फर्किएका छन् । ३ लाख १० हजार सङ्क्रमित भएका ब्राजिलमा १ लाख २५ हजार निको भएका छन् ।
म्ष्क\
भारतमा १ लाख १८ हजार सङ्क्रमित हुँदा ४८ हजार ५ सय निको भएर फर्किएका छन् । विश्वभर ३ लाख ३४ हजार मानिसको भने मृत्यु भएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०९, २०७७ |
११:३८:३१
7041



















