मकवानपुरमा बुहारीको हत्या अभियोगमा ससुरा र नन्द प्रहरी नियन्त्रणमा
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०७७ | १५:२८:१७
काठमाडौं,५ असार ।
हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको हत्या प्रकरणमा प्रहरीले मृतकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ ।
असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी थिइन् ।
अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०७७ |
१५:२८:१७
4555


















