बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन
प्रकाशित मिति: शुक्रबार, आषाढ १९, २०७७ | १२:३६:२०
काठमाडौं,१९ असार
चर्चित बलिउड कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ । बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।
सास फेर्ने समस्यामा भर्ना भएका सरोज खान शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको हो । खाजलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो।
उनी ७२ वर्षकी थिइन। उनका परिवारमा उनका पति बी। सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।
उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १९, २०७७ |
१२:३६:२०
4907


























