अदालतको अवहेलना गरेको भन्दै एन्फाविरुद्ध मानहानिको मुद्दा

अदालतको अवहेलना गरेको भन्दै  एन्फाविरुद्ध मानहानिको मुद्दा

काठमाडौं,२३ असार  ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मानहानिको मुद्दा दर्ता भएको छ । एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा प्रवक्ता किरण राईलाई विपक्षी बनाउँदै अधिवक्ता सुजित केसीले सोमबार मुद्दा दर्ता गरेका हुन् ।

रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रूपमा निर्माण गरिएको हुनाले सर्वोच्च अदालतले उक्त कार्य रोक्न माघ २२ गते आदेश दिएको थियो । सर्वोच्चले एन्फा कार्यसमिति, एन्फा अध्यक्ष र प्रवक्ता राईलाई माघ २९ गते छलफलका लागि बोलाएको थियो ।

 तर, एन्फाले माघ २६ गते एकेडेमीको घेरबारसहित अन्य कार्य गर्ने निर्णय गर्यो । त्यसपछि विचाराधीन अवस्थामा रहेको मुद्दालाई एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको कारण मुद्दा दर्ता गरिएको केसीले बाह्रखरीलाई बताए ।